×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रीय सहकारी संघले अव ‘स्क्यान’ चलाउने, सहकारी संचालक भागेपछि हलका सिट रित्तै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

केन्द्रीय सहकारी संघले अव ‘स्क्यान’ चलाउने, सहकारी संचालक भागेपछि हलका सिट रित्तै !

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । थुप्रै सहकारीका संचालक भागेपछि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को कार्यक्रममा पूरै हलका सिट खाली हुन थालेका छन् । शनिबार ३८औँ स्थापना दिवस समारोहमा पनि हलका पूरै सिट खाली भएका हुन् । 

समारोहमा उपस्थितहरुले पनि सो कार्यक्रममा ‘धन्न हामी मुख देखाइरहेका छौँ’ भन्दै चर्चा गरेका थिए ।

अधिकांश सिट रित्तै देखिएको उक्त कार्यक्रममा बोल्दै संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. शिवजी सापकोटाले २ हजार ४ सय वटा बचत तथा ऋण सहकारी संस्था (साकोस) को स्थलगत सुपरीवेक्षण गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेका छन् । 

उक्त योजना कार्यान्वयनका लागि उनले अब ‘स्क्यान’ नामक अनुगमन कार्यक्रम चलाउने घोषणा समेत गरेका छन् । यसका लागि नेफ्स्कूनले १ हजार ८७ कर्मचारीमध्ये ६७ जनालाई अनुगमनका लागि मात्र खटाएको बताएका छन् । कार्यक्रममा सिइओ सापकोटाले नेफ्स्कूनको वित्तीइ अवस्थाबारे पनि जानकारी गराएका थिए । जस अनुसार संघको सेयर पुँजी १ अर्ब ५० करोड, सदस्य बचत २० अर्ब, ऋण लगानी २२ अर्ब र कुल लगानी २३ अर्ब ७० करोड रुपैयाँ नाघेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी