×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणमा नगद अभाव, लियो ५ अर्ब ऋण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विद्युत प्राधिकरणमा नगद अभाव, लियो ५ अर्ब ऋण !

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नगद अभाव भएपछि नेपाल विद्युत प्राधिकरणले ५ अर्ब रुपैयाँ ऋण लिएको छ । नगद अभावका कारण दैनिक सञ्चालन र निर्माण कार्यमै असर पर्न थालेपछी प्राधिकरणले सरकारसँग ५.३८ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको हो ।

यसो त प्राधिकरणले अर्थ मन्त्रालयसँग चालु आर्थिक वर्षमा ५ अर्ब र आगामी आर्थिक वर्षमा ५ अर्ब गरी कुल १० अर्ब रुपैयाँ अल्पकालीन ऋण मागेको थियो । 

त्यसमध्येको ५ अर्ब रुपैयाँ आएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । शाक्यका अनुसार उक्त रकम विभिन्न परियोजना तथा निर्माण क्षेत्रका बाँकी भुक्तानीका लागि प्रयोग भइरहेको छ । 

शाक्यका अनुसार प्राधिकरणले वन, ठेक्का र अन्य भुक्तानी गरेर करिब १२ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व बाँकी छ । तर, नगद अभाव कारण प्राधिकरणको दैनिक सञ्चालन खातामा प्रयोग गर्त मिल्ने रकम २ अर्ब ४७ करोड मात्र छ । प्राधिकरणको ३ अर्ब ६८ करोड रुपैयाँ मुद्दती र ३ अर्ब ९५ करोड धरौटी खातामा राखिएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी