×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको बनेपा शाखाद्वारा कृष्ण जन्माष्टमीमा निःशुल्क पानी वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

समृद्धि फाइनान्सको बनेपा शाखाद्वारा कृष्ण जन्माष्टमीमा निःशुल्क पानी वितरण

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सको बनेपा शाखाले नि:शुल्क पानी वितरण गरेको छ । फाइनान्सले शनिबार परेको कृष्ण जन्माष्टमीको अवसरमा बनेपास्थित कृष्ण मन्दिर, लायकु चोक परिसरमा भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरेको हो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त पर्वमा बिहानदेखि बेलुकीसम्म मन्दिरमा आएका भक्तजनहरूको भीडलाई ध्यानमा राख्दै शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

उक्त अवसरमा करिब १००० भन्दा बढी भक्तजनहरूले प्रत्यक्ष सेवा प्राप्त गरेका थिए । भक्तजनहरूले गर्मी मौसममा गरिएको पानी वितरणले आफूलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिएका थिए ।

शाखाका प्रतिनिधिहरूका अनुसार यस किसिमका साना तर अर्थपूर्ण सामाजिक कार्यहरूले स्थानीय समुदायसँग सम्बन्ध अझ मजबुत बनाउन मद्दत पुर्‍याउने विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी