Skip to content
LAXMI SUNRISE BANK

सर्वोत्तम सिमेन्टको खुद नाफा ५७२ प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । सर्वोत्तम सिमेन्टको नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५७२.५२ प्रतिशतले बढेको हो ।
यस अवधिमा कम्पनीले कुल १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि उल्लेख्य बढेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशतले बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको कुल नाफा १७३.०१ प्रतिशत बढेको छ भने अन्य आम्दानी २१८.०२ प्रतिशत बढेको छ । कम्पनीको कुल खर्च पनि ५४.३८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा कम्पनीको इपिएस १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ । ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK