×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ६.२८ अंकले बढ्यो बजार, ३९ करोड ३१ लाखमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार ६.२८ अंकले बढ्यो बजार, ३९ करोड ३१ लाखमाथिको कारोबार

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८५ कम्पनीको १२ लाख १४ हजार ५१४ कित्ता सेयर खरिद बिक्री हुँदा ३९ करोड ३१ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ३ करोड २ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नागरिक लगानी कोष र नेपाल पुनर्बिमा कम्पनीको भएको छ ।
यता, बुधबारको कारोबारमा होटल र म्युतुअल फण्ड उपसुचक घटेको छ भने बाकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै समृद्धि फाइनान्स र सिभिल लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर र साधना लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी