×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम र इला होटलबीच सम्झौता, ग्राहकहरुलाई भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट दिइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डिशहोम र इला होटलबीच सम्झौता, ग्राहकहरुलाई भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट दिइने

Artha Sarokar

५ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत इला होटल एण्ड रिसोर्ट्स, आईएमई हस्पिटालिटी द्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्डसँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत, सक्रिय डिशहोम ग्राहकहरूले फूड एण्ड बेभरेज तथा आवासमा १५ प्रतिशत स्थिर छुट पाउनेछन् ।

इला होटल एण्ड रिसोर्ट्स नेपालले तीन उत्कृष्ट होटल सञ्चालन गर्दै आएको छ ।

-इला होटल एण्ड रिसोर्ट, मौलाकाली

-आइटा कम्फर्ट होटल, बागलुङ

-इला कम्फर्ट, गैँडाकोट-१२, हरकपुर

उत्कृष्ट आतिथ्य सेवा, स्वादिष्ट भोजन र आरामदायी आवासका लागि प्रसिद्ध यस ब्रान्डसँगको साझेदारीले डिशहोम ग्राहकहरूले छुटसहितको लक्जरी अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

अफर विवरण:

-फूड एण्ड बेभरेज तथा आवासमा १५ प्रतिशत स्थिर छुट

-मौलाकाली, बागलुङ र गैँडाकोटका सबै इला होटल एण्ड रिसोर्ट्स आउटलेटमा मान्य

-केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

यसरी लिन सकिन्छ छुट :

१. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने ।

२. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग-इन गर्ने ।

३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्ने।

४. जुनसुकै इला होटल एण्ड रिसोर्ट्स आउटलेटमा कार्ड देखाएर वा बुकिंग गर्दा कार्ड उल्लेख गरी छुट प्राप्त गर्न सक्नेछन् ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा इला होटल एण्ड रिसोर्ट्सका सीईओ श्री प्रशन्न अधिकारी र डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, श्री सबिन महर्जन बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

‘यस साझेदारीले हाम्रो ग्राहकहरूको जीवनशैलीमा थप मूल्य जोड्ने हाम्रो प्रतिबद्धता दर्शाउँछ र नेपालभरका उत्कृष्ट आतिथ्य अनुभवमा पहुँच प्रदान गर्दछ,’ डिशहोमका सीईओ तारा मानन्धरले बताए ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी