काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले बढेर एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला २३१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६७ हजार ३ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १९८०.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।