काठमाडौँ । सानिमा बैंक गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाललाई ऋण दिने चिनियाँ बैंकको नेपाली एजेन्ट बनेको छ । दि एक्स्पोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआइएम) चाइना एक्जिम बैंकले सानिमा बैंकलाई नेपाली एजेन्ट नियुक्त गरेको हो ।
योसँगै सानिमा बैंकले मनाङ मस्र्याङ्दी हाइड्रोपावर (१३५ मेघावाट)- १ र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेघावाट)- १ समेत २ जलविद्युत आयोजनाका लागि चिनियाँ बैंकलाई वित्तीय सहजिकरण/मध्येस्थकर्ताको रुपमा सहयोग गर्नेछ ।
चिनको सिचुहानमा आयोजित एक कार्यक्रमकाबीच सानिमा बैंक र सीईएक्सआइएमबीच सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीईएक्सआइएमका तर्फबाट सिचुहान शाखाकी उपाध्यक्ष वू यान्हुईले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, सीईएक्सआइएम बैंक सिचुहान शाखाका अध्यक्ष चेन सेन्ग्रोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लिआओ बिन उपस्थित रहेका थिए ।