काठमाडौं । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा.लि. बीच छुट सम्झौता भएको छ । होटलका विभिन्न सेवा सुविधामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार हात्तीसार, काठमाडौं स्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।