Skip to content
LAXMI SUNRISE BANK

सूर्यदर्शन सहकारी ठगी प्रकरणः जिबी राईको अत्तोपत्तो छैन, जेठान अदालत पुगे, भने- ‘ठगीमा मेरो संलग्नता छैन’

अर्थ सरोकार

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा फरार रहेका ज्ञानबहादुर बमजन अदालतमा उपस्थित भएका छन् । उनी आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका हुन् । बमजन सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष हुन् ।

अदालतमा उपस्थित भएर बमजनले आफ्नो तर्फबाट न्यायाधीश शंकरकुमार राईको इजलासमा बयान दिएका छन् । 

उनी सहकारीका पूर्वअध्यक्ष मात्र होइनन्, बरु सूर्यदर्शन सहकारी ठगीका ‘नाइके’ गितेन्द्रबाबु (जिबी) राईका जेठान पनि हुन् । राईलाई बमजनले नै सहकारीको अध्यक्ष बनाएका थिए । अदालतमा उपस्थित भएका बमजनले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको बयान दिएका छन् ।

बमजनमाथि सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको आरोप छ । सहकारीका पूर्वअध्यक्ष अदालतमा उपस्थित भएर बयान दिँदा सोही सहकारी ठगीका मुख्य योजनाकार जिबी राई भने फरार छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK