×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा १ करोड १० लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा १ करोड १० लाख

Artha Sarokar

१० भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०८०/८१ मा १ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

इक्रा नेपालको प्रतिवेदन अनुसार क्रेस्टले ९ महिनामा कुल बीमा प्रिमियम संकलन २३ करोड ६० लाख रुपैयाँ पुर्याएको छ । जुन अघिल्लो आर्थिक वर्षको ९ करोड ८० लाख रुपैयाँको तुलनामा दुई गुणाभन्दा बढी हो । कम्पनीको लगानी पोर्टफोलियो पनि बढ्दै २०७९ चैतसम्म करिब ७४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जसको अधिकांश हिस्सा वाणिज्य बैंकहरूको सावधि निक्षेपमा राखिएको छ । यसले औसत ८.४ प्रतिशत प्रतिफल दिएको प्रतिवेदनमा उल्लेख छ ।

इक्रा नेपालले क्रेस्टको इशुअर रेटिङलाई (इक्रा एनपी आएआर) मा यथावत् राखेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको जोखिममा रहेको जनाउँछ । प्रतिवेदनमा कम्पनीको पर्याप्त पुँजी संरचना (२०८१ साउनसम्म १.९७ गुणा भुक्तानी अनुपात) र २३ शाखा तथा करिब १ हजार ४०० एजेन्टमार्फत विस्तार भएको नेटवर्कलाई सकारात्मक मानिएको छ ।

तर, प्रतिवेदनले चुनौतीहरू पनि औँल्याएको छ । क्रेस्ट अझै पनि जीवन बीमामा उच्च मात्रामा टर्म (सुरक्षा) नीतिमा निर्भर छ । जसले आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा कुल प्रिमियमको करिब ७१ प्रतिशत हिस्सा ओगटेको छ । संस्थागत तथा ऋण-सम्बद्ध बीमा नीतिहरुमा बढी निर्भरता र ठूला जीवन बीमा कम्पनीहरूसँग बढ्दो प्रतिस्पर्धाले दीर्घकालीन लाभप्रदता र विस्तारमा चुनौती खडा गर्ने देखिन्छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले २०८० सालमा अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय सुर्खेतमा र केन्द्रीय कार्यालय ललितपुर, सानेपामा रहेको छ । प्रमुख शेयरधारकमध्ये हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत, मेट्रो क्यापिटल प्रा.लि.को १२ प्रतिशत शेयर छ र अन्य निजी लगानीकर्ताहरू रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी