×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दीपुर केबलकारले आइपिओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बन्दीपुर केबलकारले आइपिओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

Artha Sarokar

११ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि आइपिओ खुला गरेको छ । पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आइपिओ बाँडफाँड गरेपश्चात कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ खुला गरेको हो । 

यसो त कम्पनीलाई धितोपत्र बोर्डले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति दिएको थियो । 

जसमध्ये कम्पनीले ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ५ लाख २९ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । त्यस्तै, कम्पनीले कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ६४ हजार ७०० कित्ता छुट्याएर बाँडफाँड गरिसकेको छ । 

अब भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा १५ गते र ढिलोमा २५ गतेसम्म दिन सकिनेछ ।

आइपिओ निष्कासनका लागि काम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ्ग पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी