काठमाडौँ । कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । उनलाई बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकको नयाँ अध्यक्षका रुपमा नियुक्त भएका पौडेल सेयर बजार पनि ‘खेलाडी’ भएको पाइएको छ । ‘उहाँको सेयर बजारमा राम्रै लगानी छ ।’, पौडेल निकट स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘लामो समयदेखि उहाँ सेयर बजारमा हुनुहुन्छ । बजारबारे पनि राम्रै ज्ञान राख्नुहुन्छ ।’
अर्थ मन्त्रालयले सञ्चालक समितिको अध्यक्ष हुनेगरि सञ्चालक नियुक्त गरेर हाल अध्यक्ष नियुक्त भएका पौडेल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पनि विरोधी हुन् ।
उनले स्थानीय तहको निर्वाचनमा एमालेका केशव स्थापितसँग चुनाव लडेका बालेन शाहले ३० हजार भोट कटाए काठमाडौँमा नबस्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट समेत गरेका थिए । ‘बालेनले ३० हजार भोट कटाए भने ३० दिन काठमाडौँ बस्दिन ।’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका थिए, ‘मैले बिर्से भने सम्झाइदिनु है प्लिज ।’