काठमाडौँ । कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष डिम प्रसाद पौडेल एमालेका ‘झोले कार्यकर्ता’ रहेको खुलेको छ ।
यसअघि नेकपा एमालेका नेताहरुले ‘म झोले’ अभियान चलाउँदा उनले समेत एमालेका नेताहरुले चलाएको ‘म झोले’ अभियानलाई साथ दिएको पाइएको छ । उनले खुलेआम ‘म पनि झोले’ भन्ने गरेका थिए ।
यसो त हाल एमालेकै सरकार छ । एमालेकै सरकार भएका बेला उनलाई अर्थ मन्त्रालयको सञ्चालन नियुक्त गरेको थियो । हाल उनी बैंकको अध्यक्ष बनेका छन् । उनलाई एमाले नेताहरुकै सिफारिसमा कृषि विकास बैंकको अध्यक्ष बनाइएको बैंकका एक उच्च अधिकारीले बताएका छन् ।
पौडेल एमालेका कार्यकर्ता मात्र होइनन्, बरु काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समेत विरोधी भएको खुलेको छ । उनले स्थानीय तहको निर्वाचनका बेलामा बालेन शाहको खुलेरै विरोध गरेका थिए ।
यतिसम्म कि उनले बालेन शाहले ३० हजार भोट कटाए ३० दिन काठमाडौँमा बस्दिन भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट समेत गरेका थिए ।