×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम र चन्द्रागिरी केबलकारबीच सम्झौता, ग्राहकलाई केबलकार टिकटमा १०% छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डिशहोम र चन्द्रागिरी केबलकारबीच सम्झौता, ग्राहकलाई केबलकार टिकटमा १०% छुट

Artha Sarokar

११ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ । यस साझेदारीमार्फत, सक्रिय डिशहोम ग्राहकहरूले चन्द्रागिरी केबलकार टिकटमा १०% छुट पाउनेछन् ।

काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरी हिल्स काठमाडौं उपत्यकाबाट छिटो पुगिने प्रमुख पर्यटन गन्तव्य हो। यस साझेदारीले डिशहोमका ग्राहकहरूले छुटसहित चन्द्रागिरी हिल्सको अनुभव लिन सक्नेछन् । 

अफर विवरण:

चन्द्रागिरी केबलकार टिकटमा १०% छुट

माइ-डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

छुट लिनका लागि:

१. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने ।

२. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्ने ।

३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्ने ।

४. चन्द्रागिरी हिल्सको केबलकार टिकट किन्ने बेला कार्ड देखाएर छुट प्राप्त गर्ने ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।

‘यो साझेदारीले हाम्रो ग्राहकहरूलाई केवल डिजिटल कनेक्सन मात्र नभई, नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच प्रदान गर्नेछ,’ डिशहोमका सीईओ तारा मानन्धरले भने ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी