काठमाडौँ । बाजेको सेकुवा लिमिटेडले पनि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्न असोज २ गते १६औँ वार्षिक साधारण सभा डाकेको छ ।
बैठक काठमाडौँको बत्तिसपुतलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुने बताइएको छ । बैठकको मुख्य एजेण्डा आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्ने रहेको कम्पनीका एक सञ्चालकले बताए ।
ती सञ्चालकका अनुसार सभामा कम्पनीले सञ्चालन तथा विकास गर्ने परियोजनाहरुको लागि बैंक तथा अन्य वित्तीय संस्थाहरुबाट लिने आवश्यक कर्जा तोकिएको सीमाभन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, अन्य कम्पनीसँग मर्जर गर्ने र यसका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
त्यस्तै, सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने लगायतका प्रस्तावहरु पनि पेश गरिनेछन् । खासगरी सभामा आइपिओको प्रस्ताव मुख्य रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्