काठमाडौँ । युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मौद्रिक नीतिमाथि नियन्त्रण लिने प्रयास सफल भए विश्व अर्थतन्त्रका लागि अत्यन्त खतरनाक हुने बताएका छन् ।
ट्रम्पले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई हटाउन खोजिरहेको भन्दै आलोचकहरूले यस कदमलाई केन्द्रीय बैंकलाई आफ्नो पक्षमा मोड्ने प्रयासको हिस्सा भनेका छन् । उनीहरूको भनाइमा, ट्रम्प कम ब्याजदरको पक्षमा रहने अधिकारीहरूलाई नियुक्त गर्न चाहन्छन् ।
‘फेडको नीतिनिर्माण निकायमा बहुमतलाई पूर्ण रूपमा आफ्नो पक्षमा पार्न ट्रम्पका लागि धेरै गाह्रो हुनेछ ।’, फ्रान्सको रेडियो क्लासिकसँग कुरा गर्दै लेगार्डले भने, ‘तर यदि उहाँ सफल हुनुभयो, यो अमेरिकी अर्थतन्त्र मात्र नभई विश्व अर्थतन्त्रकै लागि गम्भीर खतरा हुनेछ ।’
उनका अनुसार केन्द्रीय बैंकका नीतिहरू मूल्य स्थिरता कायम राख्ने र ‘सर्वोत्कृष्ट’ रोजगारी सुनिश्चित गर्ने लक्ष्यमा आधारित हुन्छन् । लेगार्डले जोड दिँदै भने, ‘यदि मौद्रिक नीति कुनै एक व्यक्तिको आदेशमा निर्भर हुने हो भने, अमेरिकी अर्थतन्त्रको सन्तुलन बिग्रन सक्छ र त्यसको विश्वव्यापी प्रभाव निकै चिन्ताजनक हुनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्