×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पठाओ दशैं महोत्सव-२०८२’ मा तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘पठाओ दशैं महोत्सव-२०८२’ मा तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क

Artha Sarokar

१७ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि ‘पठाओ दशैं महोत्सव-२०८२’ सुरु गरेको छ । कम्पनीका अनुसार महोत्सव भाद्र १७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ ।

यस विशेष अभियानमार्फत पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । दशैं महोत्सव अहिलेका लागि काठमाडौँ उपत्यकामा मात्र सञ्चालन गरिएको भए पनि सहभागिताको स्तर हेरेर यसलाई भविष्यमा विस्तार गर्ने तयारी रहेको बताइएको छ ।

महोत्सव अवधिभर चालकहरूलाई दैनिक १ प्रतिशतसम्म कमिसन छुट उपलब्ध हुनेछ । जसअनुसार अधिक राइड वा डेलिभरी गर्नेहरूले क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः १ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

महोत्सवको अन्त्यमा आयोजना हुने लक्की ड्रमार्फत धेरै राइड वा डेलिभरी गर्ने सहभागीहरूमध्ये तीन जनाले टी भी एस रेडियन एफ आई मोटरसाइकल जित्ने अवसर पाउनेछन् । यसका लागि सहभागिहरूले २१ दिनभित्र कम्तीमा १७० राइडर डेलिभरी पूरा गर्नुपर्ने र कम्प्लिसन रेट वा सक्सेस रेट न्यूनतम ७० प्रतिशत कायम गर्नुपर्ने शर्त तोकिएको छ ।

यस्तै, महोत्सव अवधिभर पठाओ राइडर बन्न इच्छुक नयाँ सहभागीहरूका लागि नि:शुल्क दर्ता सुविधा पनि उपलब्ध गराइएको छ ।

पठाओ नेपालले दशैं महोत्सवलाई रोजगारीमा सशक्तीकरण, मेहनतको सम्मान र चालकहरूको आम्दानीमा नयाँ स्तर थप्ने उद्देश्यसहित अघि सारेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी