काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अनुकुल काम नगर्ने पाँच सय बढी पत्रकारलाई बर्खास्त गर्ने तयारी गरेका छन् । आफूले भनेको नमान्ने र सहयोग नगर्ने पत्रकारलाई ट्रम्पले बर्खास्त गर्ने तयारी गरेका हुन् ।
ट्रम्पको निर्देशनमा आफूलाई सहयोग नगर्ने भ्वाइस अफ अमेरिकाका करिब ५०० पत्रकारहरूलाई बर्खास्त गर्ने ट्रम्प प्रशासनले तयारी गरेको छ ।
यसरी यति ठूलो संख्यामा पत्रकारलाई जागिरबाटै बर्खास्त गरिने घटना विश्व पत्रकारिता क्षेत्रमै नौलो घटना भएको बताइएको छ । यद्यपि ट्रम्प प्रशासनको उक्त तयारीविरुद्ध कर्मचारी युनियनले अदालतमा मुद्दा दिने तयारी गरेका छन् ।