×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

Artha Sarokar

२० भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलमा छुट पाउने भएका छन् । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लगिएको हो ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछन् । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि. का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी