×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुवाको साटो नक्कली परीक्षार्थी बनेर परीक्षा दिने छोरा पक्राउ, बुवा काँग्रेसी नेता रहेको खुलासा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुवाको साटो नक्कली परीक्षार्थी बनेर परीक्षा दिने छोरा पक्राउ, बुवा काँग्रेसी नेता रहेको खुलासा !

Artha Sarokar

२२ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुवाको साटो परीक्षा दिने छोरा पक्राउ परेका छन् । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने २५ वर्षीय महमद अफताब पक्राउ परेका हुन् । 

उनी नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका महमद साहबुद्धिनका छोरा हुन् । उनलाई बुवाको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आफ्नो बुवा साहबुद्धिनको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिँदै गरेको पाइएपछि नियन्त्रणमा लिइएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रशासनका अनुसार उनले साहबुद्धिनको मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो समेष्टरको परीक्ष दिइरहेको थिए ।

हाल पक्राउ परेका अफताबमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । उनी र उनलाई परीक्षा दिन पठाउने साहबुद्धिनको त्रिविको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कारवाही गरिने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी