
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभबिच शिष्टाचार भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा अध्यक्ष तिमिल्सना र नेपालका लागि राजदूत नोबिकोभबिच औपचारिक भेटवार्ता भएको हो । भेटमा दुई देशबिचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । भेटका क्रममा राजदूत नाबिकोभले नेपालको पर्यटन, उर्जा र कृषिको विकासमा मिलेर काम गर्न रुस तयार रहेको बताउनुभयो । नेपाल सरकारले विधिवत ढंगले प्रस्ताव ल्याए आफुले रुसी सरकारसँग पु¥याउने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता राजदूतले व्यक्त गर्नुभएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
भेटमा दुई देशबिच कोरोना महामारी नियन्त्रणको लागि गरिएका प्रयासका सम्बन्धमा समेत छलफल भएको थियो । अध्यक्ष तिमिल्सिनाले रुसले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरी परीक्षण सफल गरेकोमा धन्यवाद दिदै छिट्टै नै विश्व स्वास्थ्य संगठनको मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्