काठमाडौँ । कक्षा १२ को मौका परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना सार्वजनिक गर्दै परीक्षा स्थगित भएको जानकारी दिएको हो ।
पूर्व निर्धारित परीक्षा तालिका अनुसार मिति २०८२ साल भदौ २८ र २९ गते संचालन हुने कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सुचनामा उल्लेख छ ।
स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तिमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गर्ने बोर्डले जनाएको छ । यस्तो छ बोर्डले सार्वजनिक गरेको सूचना: