काठमाडौँ । जेनजीको प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीदेखि गण्डकी प्रदेश सभासम्मका अधिकांश सरकारी कार्यालयका आगजनी गरेका हुन् ।
आगजनीका कारण सरकारी कार्यालयमा रहेका कागजातहरु नष्ट भएका छन् । यस्तै कार्यालयमा रहेका सवारी साधनदेखि अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ ।