काठमाडौँ । जेनजी आन्दोलनको मौका छोपेर भाटभटेनीमा समान चोर्नेहरुमा केहि पढेलेखेकै व्यक्तिहरु पनि रहेको पाइएको छ । सो चोरी कार्यमा एक बैंकका कर्मचारीसमेत देखिएपछि चोरीमा पढेलेखेकाहरु पनि सामेल भएको पाइएको हो ।
प्रत्यक्षदर्शीले सो समान चोरिरहेको भिडियो टिकटकमा हालिदिएपछि समान चोर्ने ती व्यक्ति आफ्नो बैंकको कर्मचारी भएको भन्दै बैंकमा घटनाबारे खबर पुगेको थियो ।
सम्बन्धित बैंकले उनलाई जागिरबाटै निकाल्ने तयारी गरेको छ ।
‘हामीले पनि खबर पायौँ । उनलाई कारवाही गर्ने तयारी गर्दैछौँ ।’ ती बैंकका डेपुटी सीइओले अर्थ सरोकारसँग भने, ‘यसमा बैंकको नाम लिएर खबर सम्प्रेषण नगरिदिनुहोला । यसमा बैंकको केहि गल्ती छैन । तर उनलाई कारवाही भने हुन्छ ।’