×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइसेन्स छपाई र वितरणको काम ठप्प !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाइसेन्स छपाई र वितरणको काम ठप्प !

Artha Sarokar

२९ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लाइसेन्स छपाई र वितरणको काम ठप्प भएको छ । विभागले एक सूचना जारी गर्दै लाइसेन्स छपाई र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको जनाएको हो ।

विभागको संरचनामा तोडफोड, आगजनी र चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाई मेसिन र सर्भरमा क्षति पुगेकाले तत्काल सेवा सुचारु गर्न नसकिने विभागको भनाई छ । 

सोही कारण तत्कालका लागि लाइसेन्स छपाई र वितरणको काम बन्द गरिएको विभागले जनाएको छ । विभागका अनुसार भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा विभागमा समेत आगजनी गरिएको थियो । 

अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्स छपाई र वितरणको काम ठप्प रहने विभागले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी