×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमान मन्त्री बनेपछी संजालमा बहस, ‘अबचाहिँ देश साँच्चै बन्ने भो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुलमान मन्त्री बनेपछी संजालमा बहस, ‘अबचाहिँ देश साँच्चै बन्ने भो’

Artha Sarokar

३० भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले कुलमान घिसिङलाई उर्जामन्त्री नियुक्त गरेसँगै सामाजिक सञ्जालमा बधाई दिने र कुलमानको पक्षमा बहस गर्नेहरु बढेका छन् ।

उर्जा क्षेत्रबारे राम्रो ज्ञान भएका व्यक्ति नै उर्जामन्त्री बनेको भन्दै धेरैले सरकारलाई धन्यवाद दिइरहेका छन् । अर्कोतर्फ अब उर्जा क्षेत्रमा नेपालले फड्को मार्ने भन्दै सर्वसाधारणमा खुसियाली छाएको छ ।

अहिले सामाजिक सञ्जालमा ‘अबचाहिँ देश साच्चै बन्ने भयो’ भन्दै कुलमानलाई बधाई दिइरहेका छन् । कुलमान पनि उर्जामन्त्रालयको जिम्मेवारीमा खरो उत्रिने तयारीमा छन् । उर्जामन्त्रीका रुपमा कुलमानले सोमबार (आज) सपथ ग्रहण गर्नेछन् ।

कुलमानलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आइतबार राति उर्जामन्त्री नियुक्त गर्ने निर्णय गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी