काठमाडौँ । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदीलाई फिर्ता हुन कारागार प्रशासनले अपिल गरेको छ ।
आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरु भागेका थिए । ती भागेका कैदीहरुलाई फर्किन कारागार प्रशासनहरुले अपिल गरिरहेका छन् । कारागार प्रशासनले कैदीलाई फर्किन र नफर्किए सजाय थप गर्ने चेतावनीसमेत दिएका छन् ।