काठमाडौँ । संसद् सचिवालयले लुटपाट भएका सामान फिर्ता गर्न भनेको छ । सोमबार एक सूचना जारी गर्दै संघीय संसद सचिवालयले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न भनेको हो ।
सचिवालयका अनुसार भदौ २४ गते संसद भवनबाट टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्चर, स्पिकर, फोटोकपि मेसिन लगायतका विद्युतीय उपकरण चोरी भएका थिए ।
हाल ती सामानहरु फिर्ता गर्न संसद् सचिवालयले सूचनामार्फत आग्रह गरेको छ । त्यसरी आन्दोलनका नाममा संसद् सचिवालयको स्वामित्वमा रहेका सामान चोरी गर्नेको खोजी गरिरहेको पनि सचिवालयले जनाएको छ ।
त्यस्तै, सचिवालयले सो दिन सामान चोरी गर्नेहरुको फोटो/भिडियो भए उपलब्ध गराउन पनि आग्रह गरेको छ । फोटो/भिडियो पठाउने व्यक्तिको पहिचान गोप्य राखिने पनि सूचनामा उल्लेख गरिएको छ ।