×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या १५५ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL

भक्तपुरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या १५५ पुग्यो

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर
  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुरमा एकै दिन थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ९ जना पुरुष र ४ जना महिलामा संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार १३ जना मध्य भक्तपुर नगरपालिकामा ६ जना, मध्यपुर थिमि नगरपालिकामा ३ जना, सूर्यविनायक नगरपालिकाका ३ जना र चाँगुनारायण नगरपालिकामा एक जना रहेका छन् ।
हालसम्म भक्तपुरमा संक्रमितहरुको संख्या एकसय ५५ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। भक्तपुरमा पनि समुदायस्तरमै संक्रमण फैलिसकेको निष्कर्ष स्वास्थ्य कार्यालयको छ । हालसम्म भक्तपुरका ५७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भै सामान्य जीवनमा फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी