काठमाडौँ । अर्थ मन्त्रालयले नयाँ गाडी नकिन्ने भएको छ । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै रामेश्वर खनालले तत्काल नयाँ गाडी नकिन्ने बताएका हुन् ।
उनले अहिलेको परिस्थितिमा गाडी भन्दा अन्य सुधार र पुनर्निमाणका काममा ध्यान दिनुपर्ने भन्दै अर्थ मन्त्रालयले तत्काल नयाँ गाडी नकिन्ने बताएका हुन् । बरु भएकै गाडीहरुले काम चलाउने अर्थमन्त्री खनालले बताएका छन् ।
उनले धुँवाको कालो हटाएर भए पनि हामी उठ्दैछौँ भन्ने सन्देश दिनेगरी काम गर्नुपर्ने बताएका छन् । उनले सोही अनुसार काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।