काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरेका छन् । सोमबार उर्जामन्त्रीका रुपमा पदभार ग्रहण गर्दै घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरेका हुन् ।
उनले आफू कार्यकालमा रहुन्जेल जनता र देशको पक्षमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
सोही क्रममा घिसिङले तलब भत्ता नलिने पनि घोषणा गरेका छन् । बरु तलब भत्ताबापतको रकम सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने कुलमानले घोषणा गरेका छन् ।