×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसदहरुले लगाए नेपालको नक्सा बिगारिएको नयाँ लोगो, भन्छन् ‘नक्सा स्पष्ट र कलात्मक बनाउन सकिएन’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सांसदहरुले लगाए नेपालको नक्सा बिगारिएको नयाँ लोगो, भन्छन् ‘नक्सा स्पष्ट र कलात्मक बनाउन सकिएन’ (भिडियो)

Artha Sarokar

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । अद्यावधिक नक्सा अनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्ने प्रतिक्रियाहरु आइरहेपछि पनि सांसदरुले ग्रहण गरेका छन् । सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न भएपनि ग्रहण गरिएको प्रतिक्रिया दिएका छन । सामाजिक सञ्जालमा र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा हेलचेक्र्याई गरिएको टिप्पणी भइरहेपनि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्वीकार गरिएको सांसद शशी श्रेष्ठले बताउनुभयो । 
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहनु भएका सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुन नसकेको बताउनुभयो । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन नसकेको बताउनुभयो । सांसद रामकुमारी झाँक्रीले लोगो निर्माण गर्दा फिनिसिङमा ध्यान नदिएकोले भद्दा देखिएको बताउनुभयो । आफुहरुले स्वदेशी उद्योगलाई सधै प्रवद्र्धन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भन्दै उहाँले घुमाउरो गरी असन्तुष्टि व्यक्त गर्नुभयो ।
संसदको लागो डिजाइन ८७ वर्षे टेकवीर मुखियाले गर्नुभएको हो । मुखियाले बनाएको लोगोको डिजाइन अनुसार लोगो निर्माण भएको देखिदैन् । बागमती प्रदेशअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो निर्माणको अर्डर दिएको थियो । लोगो निर्माण हुँदा डिजाइन भन्दा केही भिन्न रुपमा तयार भएको पाइएको छ । सांसदहरुले भने लोगोमा रहेको नेपालको नक्सा स्पस्ट नभएको र कलात्मक बनाउन नसकेको बताएका छन् । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी