×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेनजी आन्दोलनमा बर्दी र बुट लुटिए, चप्पल लगाएरै डियुटीमा खटिए ट्राफिक प्रहरी (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेनजी आन्दोलनमा बर्दी र बुट लुटिए, चप्पल लगाएरै डियुटीमा खटिए ट्राफिक प्रहरी (तस्विरहरू)

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीहरु बर्दी बिनै नागरिकको सेवामा खटिएका छन् । जेनजी आन्दोलनमा लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरु अहिले बिना बर्दी नागरिक सेवामा खटिएका हुन् ।

उपत्यकाको विभिन्न चोकहरुमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भए पछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरु फिल्डमा खटिएका छन् ।

भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरीका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरुले ज्यान गुमाउनु परेको थियो । बाँकी तस्विरमा हेनुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी