×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेनजी आन्दोलनमा घर जलेर ध्वस्त, केपी ओली डेरा खोज्न थालेका हुन् ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेनजी आन्दोलनमा घर जलेर ध्वस्त, केपी ओली डेरा खोज्न थालेका हुन् ? 

Artha Sarokar

१ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि शिवपुरीको सैनिक तालिम केन्द्रमा छन् । जेनजी आन्दोलनले उग्र रुप लिएपछि सुरक्षाका लागि भन्दै शिवपुरी पुगेका ओली अहिले पनि त्यहीँ बसेको पाइएको हो ।

उनीसँगै सुरक्षाका लागि शिवपुरी पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने फर्किसकेका छन् ।

शिवपुरीबाट ओली नफर्किएपछि सामाजिक सञ्जालमा ओलीले डेरा खोजिरहेको भन्दै चर्चा सुरु भएको छ । जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवास जलेर पूर्ण रुपमा ध्वस्त भएपछि उनले बस्नका लागि डेरा खोजिरहेको चर्चा चलेको हो । 

यतिसम्म कि उनले सरकारलाई डेरा खोजिदिन आग्रह गरेको चर्चा पनि अहिले सामाजिक सञ्जालमा चलेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी