×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार बढ्छ, बढ्नैपर्छ, यो नोटका बिटा बोकेर छानीछानी कम्पनी किन्ने बेला हो’- छोटेलाल रौनियार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सेयर बजार बढ्छ, बढ्नैपर्छ, यो नोटका बिटा बोकेर छानीछानी कम्पनी किन्ने बेला हो’- छोटेलाल रौनियार

Artha Sarokar

५ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियारले सेयर बजारमा देखिएको आइतबारको उछाल अपेक्षित रहेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले बिहीबारको बजारमा देखिएको नेगेटिभ सर्किट अनपेक्षित भए पनि आइतबार देखिएको उछाल अपेक्षित भएको बताएका हुन् ।

उनले बिहीबार बजार जबरजस्ती घटाइएको दाबी गरे । लगानीकर्ता आत्तिएर भन्दा पनि लगानीकर्तालाई अत्याएर मौका नै नदिई बजार घटाइएको उनको भनाई छ । 

तर, आइतबार बजार फर्किन्छ भन्ने अपेक्षा आम लगानीकर्ताले गरेको भन्दै सोही अपेक्षा अनुसार बजार राम्रोसँग फर्किएको रौनियारले बताएका छन् । ‘आइतबार बजार फर्किन्छ नै भन्ने थियो । तर बजार झन् राम्रोसँग फर्कियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अब बजार बढ्छ, बढ्नैपर्छ । आइतबारको बाउन्स ब्याकले मनोबल बढाएको छ ।’ 

त्यस्तै, उनले अहिले बजार तल्लो बिन्दुमा भएकाले पनि यो छानीछानी कम्पनी किन्ने अवसर भएको बताएका छन् । ‘अहिले लगानीकर्तालाई अवसर छ ।’, उनले भने, ‘यो नोटका बिटा बोकेर छानीछानी कम्पनी किन्ने बेला हो ।’

अर्कोतर्फ हालका गभर्नर, अर्थमन्त्री, धितोपत्र बोर्डका अध्यक्ष पनि बजार र लगानीकर्ताको पक्षमा भएकाले पनि त्यसले बजारलाई थप बल पुग्ने रोनियारको भनाई छ । उनले बजार बढ्ने कुरामा कुनै शंका नभएको भन्दै अबको बजार यात्रा माथि नै भएको पनि उल्लेख गरेका छन् । तर, लगानीकर्ताको सोचेजस्तो बजार बढेको बढ्यै माथि नजाने भन्दै बजार बलियो हुनका लागि करेक्सन आवश्यक रहेको पनि उनले स्मरण गराएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी