×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई लाभांश वितरण गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई लाभांश वितरण गर्ने

Artha Sarokar

१२ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त वार्षिक साधारणसभा असोज १० गते अरण्य बुटिक होटल, हात्तिसार, काठमाडौँमा क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभाले लेखापरिक्षकको प्रतिबेदन सहितको २०८२ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ।

सभाले क्यापिटलका सेयरधनीहरुलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारण सभाले आव २०८२-८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी