काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । उनलाई आइतबार प्रधानमन्त्रीको मुख्य सल्लाहकार नियुक्त गरिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
मन्त्री खरेलका अनुसार मन्त्रीपरिषद बैठकले जनसम्पर्क सल्लाहकारमा गोबिन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।