काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् ।
मोदीले यो विपदको समयमा भारत नेपाल, नेपाली जनता र सरकारको साथमा रहेको पनि बताएका छन् ।
‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौँ ।’, उनले लेखेका छन् ।
त्यस्तै, उनले मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा नेपाललाई आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न भारत प्रतिबद्ध रहेको पनि बताएका छन् ।