×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चलिरहेका १७ र निर्माणाधीन १५ हाइड्रोपावरमा क्षति, हाइड्रो व्यवसायी भन्छन्- ‘सरकार सक्रिय हुँदा क्षति कम भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चलिरहेका १७ र निर्माणाधीन १५ हाइड्रोपावरमा क्षति, हाइड्रो व्यवसायी भन्छन्- ‘सरकार सक्रिय हुँदा क्षति कम भयो’

Artha Sarokar

२१ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण ३२ जलविद्युत (हाइड्रोपावर) आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले तीन प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजनामा क्षति पुगेको जनाएको हो ।

इप्पानका अनुसार क्षति भएका हाइड्रोपावरमध्ये १८० मेगावाट क्षमताका १७ हाइड्रोपावरले विद्युत उत्पादन गरिरहेका थिए भने ३३८ मेगावाटका १५ हाइड्रोपावर निर्माणाधीन अवस्थामा थिए ।

समयमै पूर्वसूचना पाउँदा यसवर्ष हाइड्रोपावरमा विगतको भन्दा कम क्षति भएको इप्पानले जनाएको छ । इप्पानले यसवर्ष हाइड्रोपावरमा मानवीय क्षति नभएको पनि बताएको छ । तर, विगतका वर्षमा पूर्वसूचना नहुँदा र प्राप्त सूचनाप्रति पनि विश्वास नहुँदा मानवीय क्षति समेत हुँदै आएको इप्पानको भनाई छ ।

बाढी र पहिरोका कारण इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरूको उत्पादन बन्द भएको छ । जसमा ४.५ मेगावाटको माइखोला, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला (सानिमा माइ), ७ मेगावाटको माइ क्यासकेड, ७.८ मेगावाटको सुपरमाइ, ९.६ मेगावाटको सुपरमाइ ए, ३ मेगावाटको सुपरमाइक्यासकेड, ७.६ मेगावाटको जोगमाइ खोला, ५.२ मेगावाटको जोगमाइ क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाइ, ९.५ मेगावाटको माइबेनी, ९.९ मेगावाटको माथिल्लो माइ, ५.१ मेगावाटको माइ सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना रहेका छन् ।

बाँकी दुई आयोजना पाँचथरमा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमति प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना रहेका छन् । हाल लिखु बाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको इप्पानले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी