×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आपराधिक गतिविधिमा संलग्न ७ नेपाली अमेरिकाबाट निकालिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आपराधिक गतिविधिमा संलग्न ७ नेपाली अमेरिकाबाट निकालिए

Artha Sarokar

२२ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका ७ नेपालीलाई देश निकाला गरेको छ । यौनदुराचारशारीरिक दुर्व्यवहार, डकैती लगायतका आपराधिक गतिविधिमा संलग्न ७ नेपालीलाई अमेरिकाले देश निकाला गरेको हो ।

उनीहरुलाई डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि देश निकाला गरिएको हो । देश निकाला हुने नेपालीहरु २८ देखि ३९ वर्ष उमेर समूहका रहेको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उनीहरु योनदुराचार, शारीरिक दुर्व्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यले च्याटमार्फत प्रलोभन देखाएको, मादक पदार्थ सेवन गरेर गाडी चलाएको लगायतका अभियोगमा दोषी ठहर भएका थिए ।

उनीहरुलाई अमेरिकाको न्युयोर्क, नेवार्क, लोगन, भर्जिनिया, एरिजोना र टेक्सासबाट नेपाल डिपोर्ट गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी