काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले बढेर दुई लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ७० रुपैयाँले बढेर प्रतितोला ३०२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५० हजार ७५ रुपैयाँ र चाँदीको मूल्य २५९३.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।