काठमाडौँ । इलाम विपद संकटग्रस्त क्षेत्र घोषणा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले इलाम जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
अविरल वर्षाका कारण आएका बाढी र पहिरोबाट सबैभन्दा धेरै भौतिक र मानवीय क्षति व्यहोरेकोले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
सञ्चारमन्त्री खरेलका अनुसार इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । बाढी पहिरोबाट इलाममा मात्र ३९ जनाले ज्यान गुमाएका थिए ।