- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से घटेको छ । सोमबार तुलनामा नेप्से ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१९ कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब १३ करोडमाथिको कारोबार भएको छ । यता सेयर बजारका विश्लेषकले भने लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् । आजको करेक्सन सामान्य भएको बजार माथिनै जाने भएकाले विश्लेषकले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका हुन् ।
आज सबैभन्दा बढी कारोबार अरुण काबेलीको भएको छ । यस कम्पनीको ३३ करोड ८३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एसियन लाइफ इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको भएको छ । आज ६ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् ।