काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६ सय ८२ कम्पनीको सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज सबैभन्दा धेरै कारोबार ३८ करोड ७ लाख ४७ हजार ७२ . ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, बुटवल पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।