काठमाडौँ । दुर्गा प्रसाईंले अन्तरिम सरकार धेरै नटिक्ने दाबी गरेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईंले वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका हुन् ।
प्रसाईंले सुशीला कार्की नेतृत्वमा गठन भएको सरकार डलरमा आएको सरकार भएको आरोप लगाएका छन् । आफ्नो आन्दोलनलाई अब कसैले रोक्न नसक्ने भन्दै प्रसाईंले यो सरकार धेरै नटिक्ने दाबी गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजकसमेत रहेका प्रसाईंले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको पनि बताएका छन् । उनले अब हिन्दु राष्ट्र स्थापनाका लागि जस्तोसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको बताएका छन् ।
त्यस्तै, उनले आफू प्रधानमन्त्री भएको २४ घण्टाभित्र चार सय जना भ्रष्टाचारीलाई कारवाही गरिसक्ने पनि बताएका छन् । साथै उनले आफूले पशुपतिनाथबाट महत्वपूर्ण घोषणा गर्न लागेको पनि बताएका छन् । घोषणा के हुन्छ ? भन्ने खुलाएका छैनन् ।