काठमाडौँ । जेन-जी आन्दोलनपछि भूमिगत भएका काँग्रेस सभापति शेर बहादुर देउवा ३४ दिनपछि अन्ततः सार्वजनिक हुने भएका छन् । उनी आज (मंगलबार)को केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुने भएका हुन् ।
बैठक दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु सहभागी हुनेछन् ।
भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका देउवा दम्पत्ति उपचारपछि आफन्तको रमा बस्दै आएका थिए भने पछि महाराजगञ्जस्थित एक भाडाको घरमा बस्दै आएको देउवा निकट स्रोतले बताएको छ ।
तर, आन्दोलनपछि हालसम्म कहिँकतै सार्वजनिक भएका छैनन् । तर, ३४ दिनसम्म भूमिगत रहेका देउवा मंगलबार सार्वजनिक हुन लागेका छन् ।