×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य बढेको बढ्यै, तोलाकै दुई लाख ४८ हजार ५ सय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुनको मूल्य बढेको बढ्यै, तोलाकै दुई लाख ४८ हजार ५ सय

Artha Sarokar

२८ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुनको मूल्य दिन प्रतिदिन बढिरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ हजार १ सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १०५ रुपैयाँले बढेर प्रतितोला ३३२५ रुपैयाँमा कारोबार भईरहेक छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १३ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २८५०.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी