×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणलाई तीन उद्योगले तिर्न थाले बिजुलीको बक्यौता, अन्य उद्योग सम्पर्कमै छैनन्, नतिरे लाइन काटिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विद्युत प्राधिकरणलाई तीन उद्योगले तिर्न थाले बिजुलीको बक्यौता, अन्य उद्योग सम्पर्कमै छैनन्, नतिरे लाइन काटिने !

Artha Sarokar

३१ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले बिजुलीको बक्यौता तिर्न सुरु गरेका छन् । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न अल्टिमेटम दिएपछि यी तीन उद्योगले बक्यौता तिर्न सुरु गरेका हुन् ।

यी तीन उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत बिजुली उपभोग गरेबापतको बक्यौता तिर्न सुरु गरेका हुन् । यी उद्योगले यसअघि बक्यौताको किस्ता तिर्न स्थगित गरेका थिए ।

प्राधिकरणका अनुसार यी उद्योगलाई यसअघि बक्यौता बापतको रकम चुक्ता गर्न २८ किस्ताको सुविधा दिइएको थियो । तर, केही किस्ता तिरेपछि उद्योगहरुले बाँकी किस्ता रोकेका थिए । तर, प्राधिकरणले पुनः ‘किस्ता तिर्नु’ भन्दै निर्देशन दिएपछि उद्योगहरुले पुनः किस्ता तिर्न सुरु गरेका छन् ।

सम्राट सिमेन्टले प्राधिकरणलाई २ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ भने रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यी उद्योगहरुले किस्ताबन्दीमा बक्यौता तिर्न थालेका छन् । तर, अन्य उद्योगहरु भने सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उद्योगहरुलाई बक्यौता तिर्न कात्तिक २ गतेसम्मको अल्टिमेटम दिएको छ । त्यस अवधिमा पनि बक्यौता नतिरे वा सम्पर्कमा नआए लाइन काट्ने प्राधिकरणले चेतावनीसमेत दिइसकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी