Skip to content
LAXMI SUNRISE BANK

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकको असोज ३१ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता १९ रुपैयाँका दरले लाभांश पाउने भएका छन् ।

उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाबाट पारित भएपश्चात तथा राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र सेयरधनीलाई प्रदान हुनेछ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK